शनिबार, १५ वैशाख २०८१

जापानमा शक्तिशाली भुकम्प, २० जना भन्दा बढी बेपत्ता

समयपोष्ट २०७५ भदौ २१ गते ५:०३

जापानमा शक्तिशाली भुकम्प गएको छ । बिहीबार उत्तरी द्वीप होक्काइडोमा ६.७ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेको स्थानीय मिडियाले जनाएका छन् ।

Advertisement

अमेरिकी भूगर्भविद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाट ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा थियो । भूकम्पपछि थुप्रै इलाकामा बिजुली आपूर्ती बन्द भएको छ । सरकारी टेलिभिजन एनएचकेको रिपोर्टमा अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको बताएको छ ।

होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ । भूकम्पले होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री