बिहीबार, १३ वैशाख २०८१

विश्व शान्ति पूजा

समयपोष्ट २०७५ भदौ २० गते ६:४९

विश्व बौद्ध धर्म सङ्घले शान्त तथा समृद्ध विश्व समाज निर्माण गर्ने उद्देश्यले थाइल्याण्डमा ‘विश्व शान्ति पूजा’ गर्ने भएको छ ।

Advertisement

विश्वमा बढ्दै गएको अशान्ति, लोभ, मोह, मानवअधिकार हनन तथा व्यक्ति व्यक्तिको मनमुटाव तथा राष्ट्रबीच युद्धले मानव जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न राजधानी बैंकको उत्तरी क्षेत्रमा अवस्थित बुद्धिष्ट मन्दिर मा सो पूजा गर्न लागिएको हो । यही भदौ २३ र २४ गत हुने सो पूजामा विभिन्न मुलुकबाट भक्तजन सहभागी हुनेछन् ।

पूजा सम्पन्न गर्न संस्थाका अध्यक्ष आनी भीम सुवा गुरुङको नेतृत्वमा २८ जनाको समूह आज थाइल्याण्ड प्रस्थान गरेको छ । महायान परम्पराको निङ्मा सम्प्रदायका धर्म गुरु फुर्फु छेवाङको समूहले उक्त पूजा गर्ने छ । धार्मिक गतिविधि सम्पन्न गरी उक्त समूह नेपाल फर्कने छ ।
शाक्यमुनी गौतमबुद्धको अष्टमार्ग तथा चार आर्य सत्यलाई निर्देशक सिद्धान्तका रुपमा अवलम्बन गरिने उक्त सम्प्रदायका अनुयायीले विगतमा नेपालमा मात्र शान्ति पूजा आयोजान गर्दे आइरहेकोमा सङ्घले आगामी दुई वर्षमा २० राष्ट्रमा यस्तो पूजा आयोजना गर्न लागेको हो । ती राष्ट्रमा पूजा सम्पन्न भएपछि नेपालमा शान्ति स्तम्भ स्थापना गर्ने योजना छ ।

संस्थाका महासचिव रामशरण पौडेलका अनुसार पूजापश्चात् बौद्ध धर्मको माध्यमबाट नेपालमा पर्यटन प्रवद्र्धन विषयमा अन्तक्र्रिया तथा बौद्ध परम्परा र पर्यटनको बारेमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री