बिहीबार, १३ वैशाख २०८१

आजदेखि नेपाल-चीन परामर्श बैठक, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललार्इ टुंग्याइने

समयपोष्ट २०७५ भदौ २० गते ५:१७

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ ।

Advertisement

दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नुहुनेछ भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालयअन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्नुहुनेछ ।

बैठकले सन् २०१६ मा केपी ओली प्रधानमन्त्रीको रूपमा पहिलोपटक चीन जाँदा दुर्इ देशबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललार्इ टुंगो लगाउने बताइएको छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री