शुक्रबार, १४ वैशाख २०८१

राजदूत अर्यालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

समयपोष्ट २०७५ भदौ १९ गते ७:३२

जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।

Advertisement

नेपाली दूतावास कायरोका अनुसार राजदूत अर्यालले यही भदौ १७ गते आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनु भएको हो । सो अवसरमा राजदूत अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट जोर्डनका राजा हुसेनको सुस्वास्थ्यको कामना गर्दै जोर्डनी जनताको सुख शान्तिको कामना गर्नुभएको सन्देशसमेत प्रदान गर्नुभएको थियो । राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना गर्नुभएको थियो ।

राजदूत अर्याल र त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भएको छलफलमा नेपाली नागरिकलाई जोर्डन सरकारका तर्फबाट रोजगारीको अवसर उपलब्ध गराउने, द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउनेलगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री