शनिबार, ८ वैशाख २०८१

‘मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भयो,जनताले धोका पाउँछन् भन्ने डर छ’

समयपोष्ट २०७५ भदौ १९ गते ६:११

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले ठुला र काम सुरु भएका आयोजनाहरुलाई अलपत्र पारेर नालायकीपन देखाएको आरोप लगाएका छन् ।

Advertisement

मंगलबार तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाटका क्रममा नेता पौडेलले भने ‘तनहुँका गाँउ गाँउमा धेरै बाटाहरुको डिपीआर भएको थियो । तर चुनावका बेला चुनाव प्रभावित हुन्छ भनेर विकासका काम गर्न रोकियो । उनले भने, त्यो बेलामा तत्कालिन एमालेका नेताहरुले विकासका काम रोके । व्यास परासर पर्यटन गुरुयोजना बनाएका थियौ । त्यो काम पनि अलपत्र छ ।’

वरिष्ठ नेता पौडेलले मुलुक समृद्ध बनाउने बेलामा कम्युनिष्टहरुको शासन सुरु भएकाले जनताले धोका पाउने हो कि भन्ने शंका उब्जिएको समेत बताए । उनले प्रधानमन्त्री केपी ओलीले काम भन्दा बढी कुरा गर्न थालेको भन्दै अहिले विकास चाहिएको बताए । उनले भने,‘प्रधानमन्त्री केपी ओलीको पनि काम भन्दा बढि बोली मात्रै देखियो । नेपाललाई अहिले सामान्य विकास चाहिएको छ । तर प्रधानमन्त्री भने आकाशका तारा खसाल्ने कुरा गर्दै हिँडेका छन्’ वरिष्ठ नेता नेपालले भने ।

नेता पौडेलले नेपालको आर्थिक समृद्धिका आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री