शनिबार, १५ वैशाख २०८१

निर्मला हत्या प्रकरण : स्थलगत अध्ययनमा जे देखियो बडुले संसदमा पेश गरेको प्रतिवेदन(पूर्णपाठसहित)

समयपोष्ट २०७५ भदौ १८ गते ११:१९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जरूरी महत्वको विषयमा बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रूपमा गरेको अध्ययनबारे जानकारी गराएका थिए । उनले उक्त प्रतिवेदनमा निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको कुरा राखेका छन् ।

Advertisement

निर्मला प्रकरणबारे काँग्रेस नेता बडु र वीरबहादुर बलायरको टोलीले स्थलगत अध्ययनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर घट्नाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ भएकोमा प्रधानमन्त्री ओली र प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

उनले देशमा बलत्कारका घटना बढ्दै गएको भन्दै भदौ १४ गते कञ्चनपुरको बेलगाँडीकी निर्मला पन्तको बलात्कारपछि निर्मम तरिकाले गरिएको हत्याको घटना मनाव सभ्यताको कलंक बनेको धारणा गरेका छन् । उनले यसले सिंगै राष्ट्रको ध्यान आकृष्ट भएको तर्क राखे ।

घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उनले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको बताए ।

भदौ १० र ११ गते समाजका अगुवा, स्थानीय नागरिक, महिला समूहहरु, पत्रकारहरु र मृतक परिवारहरु, पीडितहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको भन्दै उनले वडा प्रहरी र जिल्ला प्रहरीले त्यस घटनालाई हल्का रुपमा लिएको समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

संसदमा पेश गरेको प्रतिवेदन यस्तो छ






प्रतिक्रिया

सम्बन्धित सामाग्री