बुधबार, १२ वैशाख २०८१

ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद

समयपोष्ट २०७५ भदौ १६ गते १:४६

प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच बिबाद देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

Advertisement

प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

‘संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्यवस्था भएको अधिकार पनि नदिने’ उनले भने, ‘केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं तर, हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।’

संविधानले बराबर अधिकार दिएको भन्दै उनले संविधानले नै व्यवस्था गरेको कुरा दिन्न भन्न नमिल्ने बताए ।

प्रदेश प्रहरी ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टकराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री