बुधबार, २९ असोज २०८२

देशभर यातायात सेवा पुनः सञ्चालन, स्थानीय सरकार र प्रशासनसँगको समन्वय

समयपोष्ट २०८२ भदौ २८ गते ११:४९

Advertisement

देशभर शनिबारदेखि सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। जेनजीको आन्दोलनका कारण मंगलबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा तीव्र प्रदर्शन भएपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको थियो। स्थिति सामान्य बन्दै गएपछि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा यातायात व्यवसायीहरूले शनिबारदेखि सेवा सुचारु गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले स्थानीय प्रशासनसँगको सहकार्यमा यातायात सञ्चालनको निर्णय गरिएको बताए। “केन्द्रबाट अहिले एकमुष्ट निर्णय गर्न सकिने अवस्था छैन,” उनले भने, “त्यसैले हामीले स्थानीय प्रशासनसँग समन्वय गरेर यातायात सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेका छौँ।”

उनका अनुसार शनिबारदेखि देशभर छोटो र लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आउनेछन्। यो कदमले यात्रुहरूलाई सहजता प्रदान गर्ने र देशको यातायात प्रणालीलाई नियमित अवस्थामा फर्काउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री