बुधबार, ५ कार्तिक २०८२

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

समयपोष्ट २०८२ भदौ २० गते १९:१६

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। बिहीबार अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयमार्फत बस्याललाई नेप्सेको अध्यक्षमा नियुक्त गरिएको हो।

नियुक्तिपत्र शुक्रबार बुझेका बस्यालले आगामी तीन वर्षे कार्यकालका लागि यो जिम्मेवारी प्राप्त गरेका छन्। उनले आगामी सातादेखि आफ्नो कार्यभार सम्हाल्ने छन्।

नेप्सेको अध्यक्षमा नियुक्त हुनुअघि बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। उनले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै उक्त पदबाट राजीनामा दिएका थिए। बस्यालले करिब दुई वर्षअघि सो कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका थिए।

यसअघि बस्यालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष र सीईओ पदका लागि पनि आवेदन दिएका थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री