मंगलबार, ४ कार्तिक २०८२

कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

समयपोष्ट २०८२ भदौ १९ गते १७:१५

Advertisement

नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स उत्पादक कम्पनी लेमिनार टायल्सले काठमाडौंको कलंकीमा आफ्नो पहिलो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

बुधबार आयोजित एक विशेष समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.का सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको यो शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले नेपालभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य लिएको बताए। “हामीले नेपाली बजारमा उच्च गुणस्तरका भिट्रिफाइड टायल्सको मागलाई ध्यानमा राख्दै उत्कृष्ट उत्पादन र सेवा प्रदान गर्न प्रतिबद्ध छौं,” उनले भने।

निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्सको गुणस्तरबारे प्रकाश पार्दै भने, “हाम्रा टायल्स बलियो, टिकाउ र उच्च लोड बियरिङ क्षमतायुक्त छन्। यिनको ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सको तुलनामा निकै उच्च छ, जसले हाम्रा उत्पादनलाई बजारमा अब्बल बनाउँछ।”

Advertisement

बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा फैलिएको अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको निर्माण भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा ल्याएको छ। यी पूर्ण भिट्रिफाइड टायल्स ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री