सोमबार, ५ साउन २०८२

टाटाको इलेक्ट्रिक क्रान्ति

पुरानो लेगेसी र ब्रान्ड इमेजका कारण उपभोक्ताको साथ

समयपोष्ट २०८१ असोज १ गते ११:४५

गत वर्षको नाडा अटो शोमा टाटाले आफ्नो टियागो इभीलाई प्रस्तुत गर्दा धेरै ग्राहकहरुको ध्यान तान्न सफल भयो। टियागो इभी बजारमा छिरेसँगै नेपाली ग्राहकहरुबीच निकै लोकप्रिय बन्यो। यस वर्ष, टाटाले अझ ठूलो तरंग ल्यायो – टाटा पञ्च इभीसँग। पञ्च इभीले नेपालमा गाडी उद्योगमा नयाँ मापदण्ड तय गरेको छ। यसलाई चिनियाँ ब्रान्डहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रोडक्टका रुपमा हेरिएको छ।

नेपाली सवारी साधन बजारमा, विशेषगरी सार्वजनिक सवारी साधनमा, टाटाको बलियो उपस्थितिबारे केही भन्नै पर्दैन। यसका गाडीहरु, विशेषतः नेक्सन, नेपाली सडकमा बिस्तारै आफ्नो दबदबा जमाउँदैछन्। नेक्सनको इलेक्ट्रिक भर्सन पनि निकै सफल सावित भएको छ, र यसको आगमनपछि टाटाको बजार हिस्सामा ठूलो बृद्धि देखिएको छ।

टाटाको इभी इकोसिस्टम मात्र गाडी बिक्रीमा सीमित छैन। यसको प्रमुखतामा ‘आफ्टर सेल्स सर्भिस’मा पनि ध्यान दिन सकिन्छ। भारतमा, टाटाले आफ्नो सर्भिस नेटवर्कलाई दुरुस्त राखेर गाडीको मर्मतको जिम्मेवारी आफूले लिने सुनिश्चित गरेको छ। नेपालमा, सिप्रदी ट्रेडिङले टाटाको यो परम्परालाई अघि बढाएको छ। यसले बिक्रीपछि पनि उपभोक्तालाई आवश्यक पर्ने सबै प्रकारका सेवाहरु उपलब्ध गराउँदै आएको छ।

टाटा मोटर्सले नेपालमा गाडी मात्र बेचिरहेको छैन, तर यसको साथसाथै इलेक्ट्रिक भेइकलहरुका लागि आवश्यक पूर्वाधारहरु निर्माणमा पनि लागिपरेको छ।

बढ्दो लगानी

टाटा मोटर्सले नेपालमा गाडी मात्र बेचिरहेको छैन, तर यसको साथसाथै इलेक्ट्रिक भेइकलहरुका लागि आवश्यक पूर्वाधारहरु निर्माणमा पनि लागिपरेको छ। उदाहरणका लागि, टाटाले नेपालमा ब्याट्री मर्मत केन्द्र स्थापना गरेको छ, जुन नेपालमा एकमात्र यस्तो सुविधा भएको बताइन्छ।

हामीले बोकेको लेगेसी भनेको ब्रान्ड ल्याएर बिक्री गर्न मात्र होइन। बिक्रीपछिको सर्भिसलगायत सबै इकोसिस्टममा कसरी काम गर्न सक्छौं भन्ने हो। गाडी बिक्री गरेपछि त्यसको जिम्मेवारी लिनुलाई हामीले कर्तव्यका रूपमा लिएका छौं। त्यो कुरा पब्लिकले बुझ्दैछन् : राजनबाबु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकारी

 

नेपालभरि २६ वटा फास्ट चार्जर र ३०० भन्दा धेरै एसी चार्जरहरु खडा गरेर टाटा चार्जिङ नेटवर्क विस्तारमा पनि अग्रसर देखिन्छ। यस किसिमको चार्जिङ इन्फ्रास्ट्रक्चरले ग्राहकहरुलाई थप सजिलो बनाएको छ। टाटाले स्पेयर पार्ट्सको आपूर्तिमा कुनै समस्या नहुने आश्वासन दिएको छ, किनकि यसको अधिकांश उत्पादन छिमेकी भारतमै हुने गर्दछ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्का प्रमुख कार्यकारी अधिकारी राजनबाबु श्रेष्ठले कम्पनीले पुरानो लेगेसी र ब्रान्ड इमेजका कारण उपभोक्ताको साथ पाएको बताए। उनी भन्छन्, ‘हामीले बोकेको लेगेसी भनेको ब्रान्ड ल्याएर बिक्री गर्न मात्र होइन। बिक्रीपछिको सर्भिसलगायत सबै इकोसिस्टममा कसरी काम गर्न सक्छौं भन्ने हो। गाडी बिक्री गरेपछि त्यसको जिम्मेवारी लिनुलाई हामीले कर्तव्यका रूपमा लिएका छौं। त्यो कुरा पब्लिकले बुझ्दैछन्।’

बजार रणनीति

टाटाको नेपाली बजारमा सफलता केवल यसको उत्पादनमा आधारित छैन। यसको बिक्री पछिको सेवा र समर्पणले यसलाई अन्य प्रतिस्पर्धीहरुबाट फरक बनाएको छ। नेक्सन इभी र टियागो इभीको सफलताको पछाडि टाटाको लामो तयारी र सर्भिस नेटवर्क विस्तारको भूमिका छ। इलेक्ट्रिक गाडीको दायरा बढ्दै जाँदा, यसले ग्राहकहरुमा विश्वसनीयता स्थापित गरेको छ।

यस वर्ष नाडा अटो शोमा टाटा पञ्च इभीको सार्वजनिक घोषणासँगै ग्राहकहरुको ठूलो ध्यान खिचेको थियो। यसको मूल्य लगभग ३३ लाख रुपैयाँबाट सुरु भएको छ, जसमा यसले प्रदान गर्ने सुविधाहरु पनि निकै आकर्षक छन्। यस एसयूभी सेगमेन्टमा सबैभन्दा कम मूल्यमा उपलब्ध भएपछि ग्राहकहरुको ध्यान तान्नु स्वभाविक हो। यसका फिचरहरु र हेवी ग्राउन्ड क्लियरेन्सले नेपालको बाटोका लागि विशेष उपयुक्त बनाएको छ।

सिप्रदी ट्रेडिङले अटो शोका ग्राहकहरुका लागि विशेष अफरहरु पनि प्रस्तुत गरेको थियो। अटो शोमा बुक गरिएका इभी गाडीहरुका लागि, कम्पनीले नेपालभरि रहेका चार्जिङ स्टेसनमा ८ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। यस प्रकारको अफरले ग्राहकहरुमा गाडीको अपरेशनल खर्च घट्ने विश्वास पैदा गरेको छ। यसले टाटाको गाडीलाई अझ किफायती र ग्राहकमैत्री बनाएको छ।

दीर्घकालीन दृष्टिकोण

टाटाले नेपालमा आफ्नो इलेक्ट्रिक भेइकलको इकोसिस्टमलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएको छ। इलेक्ट्रिक सवारीसाधनमा लगानी गर्दै गर्दा, यसले ब्याट्री मर्मत केन्द्र, चार्जिङ नेटवर्क विस्तार, र ग्राहक सन्तुष्टिमा विशेष ध्यान दिएको छ। इलेक्ट्रिक गाडीको भविष्यप्रति टाटाले देखाएको प्रतिबद्धता, र यसको दिगो सर्भिस नेटवर्कको विकासले टाटालाई नेपाली बजारमा अगाडि बढ्न मद्दत गरेको छ।

टाटा पञ्च इभीको आगमनले मात्र होइन, यसको इलेक्ट्रिक गाडीहरुको बिक्री पछिको सर्भिसले पनि ग्राहकहरुलाई निर्धक्क बनाएको छ। सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठ भन्छन्,‘गाडी मात्र बिक्री गरेर हाम्रो काम सकिँदैन। हामीले बिक्रीपछिको जिम्मेवारीलाई पनि गम्भीरतापूर्वक लिएका छौं।’

नेपालको चुनौतीपूर्ण सडक अवस्थाका लागि विशेषतः डिजाइन गरिएका टाटाका गाडीहरुले ग्राहकहरुमा विश्वास जितेको छ। टाटा पञ्च इभीले छोटो समयमा नै नेपाली बजारमा ठूलो हलचल मच्चाएको छ। यसमा प्रयोग भएका फिचरहरु र यसको आकर्षक डिजाइनले यसलाई एसयूभी सेगमेन्टमा विशेष बनाएको छ।

नाडा अटो शो २०२४ मा टाटा मोटर्सको उत्कृष्ट प्रदर्शनले स्पष्ट देखाउँछ कि कम्पनी नेपाली बजारमा लामो समयसम्म रहिरहने छ। यसको इलेक्ट्रिक गाडीहरु मात्र होइन, सर्भिस नेटवर्क, चार्जिङ इन्फ्रास्ट्रक्चर, र बिक्रीपछिको समर्थनले नेपाली ग्राहकहरुबीच यो कम्पनीको छवि अझै मजबुत बनाएको छ। टाटाको नेपालमा इकोसिस्टम निर्माण गर्ने दृष्टिकोणले अन्य ब्रान्डहरुसँग तुलना गर्दा यसलाई एक अग्रणी स्थानमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री