खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्दा कार जित्ने मौका
डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दशैंको दोस्रो च्याप्टर घोषणा गरेको छ। यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्ने कम्पनीले बतएको छ ।
आगामी असोज ३० गतेदेखि पुस १० गतेसम्म लागू हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी NAMMI 01 E3 EV Car जित्न सक्नेछन् ।
यसका साथै प्रयोगकर्ताहरूले हरेक हप्ता Samsung को प्रडक्टसमेत जित्न सक्नेछन् भने boAt का प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको अनि Samsung का प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छूट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।
यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागू हुने पनि कम्पनीले बताएको छ। यस योजना अन्तरगत एक महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा विशेष कुपन पाइने व्यवस्था गरिएको कम्पनीले बताएको छ । सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन्।
प्रतिक्रिया