अपि पावर कम्पनीको लाभांश घोषणा
समयपोष्ट
२०८१ भदौ ३१ गते ११:२२
गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो ।
कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
यसैगरी, कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१औं वार्षिक साधारण सभा पनि बोलाएको छ ।
प्रतिक्रिया