२७०० विन्दुभन्दा तल झर्यो नेप्से
साताको पहिलो दिन नेप्से परिसूचक ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इण्डेक्स ८.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६८ अंक घटेको छ।
आज ३३७ स्टकको १ लाख ३० हजार ६३२ पटकको कारोबारमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। हिमालयन पावर पावर्टनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
प्रतिक्रिया