शनिबार, ३ साउन २०८२

कुमारी बैंकको पाँच नयाँ शाखा विस्तार

समयपोष्ट २०८० असोज १२ गते १६:२७

कुमारी बैंक लिमिटेडले एक साथ पाँच नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले काठमाण्डौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेलमा नयाँ शाखा विस्तार गरेको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३०९ एटिएम, ४८ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री