अपर तामाकोशीको हकप्रद शेयरमा आवेदन दिने समय तीन साता थप
समयपोष्ट
२०८० असोज ५ गते ८:२७
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ ।
कम्पनीले सुचना जारी गर्दै हकप्रद शेयरमा आवेदन दिने समय तीन साता थप गरेको जनाएको छ ।
भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदनको समय तोकिएको थियो ।
कम्पनीले शेयरधनीलाई १ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।
तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। शत प्रतिशत हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन्।
प्रतिक्रिया