शनिबार, ५ जेठ २०८१

प्राधिकरणले निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा

समयपोष्ट २०८० भदौ २० गते १२:३३

Advertisement

नेपाल विद्युत प्राधिकरणले ३२ स्थानमा निर्माण गरेको ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्‍घाटन गरे।

योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।

प्राधिकरणका अनुसार झापाको विर्तामोडमा रहेको बसपार्कमा २ वटा, झापाको दमक चार्जिङ केन्द्रमा २ वटा, मोरङको विराटनगर बसपार्क, सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर, सुनसरीको इनरुवा बसपार्कमा क्रमशः १-१ वटा, उदयपुरको वेलका चार्जिङ केन्द्र, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, बाराको इलाका प्रहरी कार्यालय निजगढ, महवानपुरको हेटौडा चार्चिङ सेन्टर रातामाटे, चितवनको पारस बसपार्क, धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा, काठमाडौंका साझा सेवा बल्खु, ललितपुरको साझा यातायात, बनेपाको साझा सेवामा क्रमशः २-२ वटा चार्जिङ स्टेशन निर्माण गरिएको छ।

Advertisement

यस्तै सिन्धुलीको खुर्कोट रिफ्रेस सेन्टर, नुवाकोटको बसपार्क र हावा घर, सुर्खेतको नयाँ वसपार्क, सुर्खेत, बाँकेमा नेपाल ए पि अफ स्कुल कोहलपूर, दाङको लमही नयाँ बसपार्क, कपिलवस्तुको इलाका प्रहरी कार्यालय गोरुसिँह, नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाट, रुपन्देहीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलमा क्रमशः २÷२ वटा चार्जिङ स्टेशन निर्माण गरिएको छ।

चितवनको मुग्लिन पुल, काठमाडौंको नेपाल पुलिस क्लब र नेपाल विद्युत प्राधिकरण क्रमशः १/१, भैरहवा बसपार्क, कैलालीको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी, कास्कीको पर्यटक बसपार्क पोखरा र लेकसाइडमा, सिन्धुलीको सिन्धुलीगढी बसपार्क, महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवास, कन्चनपुरमा सशस्त्र प्रहरी बल, शैलेश्वरीमा क्रमशः १/१ वटा चार्जिङ स्टेशन निर्माण गरिएको छ। ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ ।

धनगढी, महेन्द्रनगर र डडेल्धुरामा एक एक वटा चार्जिङ स्टेसन सञ्‍चालनको तयारीमा छन्।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ। छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधमा एक साथ चार्ज गर्न सकिन्छ। नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्ममा फुल चार्ज गर्न सकिनेछ।

प्राधिकरणले एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा यी चार्जिङ स्टेसन निर्माण गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री