शुक्रबार, १४ वैशाख २०८१

जाजरकोट–डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का स्वीकृत, कामले तीव्रता पाउने अपेक्षा

समयपोष्ट २०७९ असोज १४ गते १४:१४

Advertisement

जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्नका लागि तीन वर्ष अगाडि गरिएको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ ।

पटकपटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । जाजरकोट कुदु हुँदै चौखासम्म एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोटसम्म अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।

तीन वर्षसम्म ठेक्का लिएर पनि काम नगर्दा पूर्वी जाजरकोट र डोल्पामा विद्युतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तीव्रता पाउने अपेक्षा लिइएको छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र गणेशप्रसाद सिंहले लामो समयसम्म ठेक्का लगाए पनि कामको नतिजा नदेखिएको भन्दै नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा गएर तत्काल नयाँ ठेक्कामा गएर काम सञ्चालन गर्न लिखित माग गर्नुभएको थियो । उक्त मागअनुसार नै नयाँ ठेक्का गरिएको प्रदेश कार्यालयले जनाएको छ ।

श्री सुनिता एण्ड कविता माँ शक्ति जेभी र श्री सुनिता एण्ड कविता निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् । यो ठेक्काको काम अीघल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोटमा विद्युत् बाल्न समस्या हुँदै आएको छ । छिमेकी जिल्ला डोल्पामा विद्युतीकरणमा विलम्ब हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत् आयोजना, नलगाड जलविद्युत् आयोजना र ताँक्सुगाड जलविद्युत् आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री