बिहीबार, १५ चैत २०८०

जगदम्बा मोटर्सको एकैदिन तीनवटा नयाँ शोरुम सञ्चालनमा

समयपोष्ट २०७९ असोज १३ गते ११:३१

Advertisement

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले तीनवटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले घटस्थापनाको अवसरमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि, काठमाडौंको कपनमा युआर मोटर्स एन्टरप्राइज प्रालि र दाङको घोराहीमा नेबेल ट्रेडिङ गरी तीनवटा शोरुम एकै दिन सञ्चालनमा ल्याएको जनाएको छ।

जगदम्बा मोटर्सले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल फैलाइसकेको छ।

गुणस्तरीय उत्पादन, आफ्टर सेल्स सर्भिस र देशभर जगेडा पार्ट्सहरुको उपलब्धता मार्फत उपभोक्तालाई राम्रो सेवा दिइरहेकाले टिभिएस नेपालको सर्वाधिक रुचाइएको दुई पांग्रे ब्राण्ड बनेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री