शुक्रबार, १४ वैशाख २०८१

बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

समयपोष्ट २०७९ असोज ११ गते २०:१४

Advertisement

नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अञ्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सबै गोल अन्जनले गरे ।

नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमाउ उनले हेडर गोल गरेका हुन् ।

२७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।

खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।

साथै नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।

यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री