बुधबार, १२ वैशाख २०८१

‘बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरे’

समयपोष्ट २०७९ असोज ११ गते १९:०५

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको बताएका छन् ।

मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गरी त्यसमा प्रिमियम जोडेर ऋणीमाथि थप बोझ थपेको बताए ।

श्रेष्ठले बैंकहरुले आफैं ब्याज बढी दिने र आधार दर बढेको बहानामा कर्जाको ब्याजदर र कर्जामा मार्जिन दरसमेत वृद्धि गरिएको श्रेष्ठले बताए । उनले बैंकहरुले निक्षेपको ब्याजदर बढाएर निक्षेप संकलन गर्न नपाउने बताए ।

उनले बजारमा तरलता अभावले बैंकहरुको शाखामा १० लाखको चेक लिएर जाँदा समेत पैसा छैन भनेर फर्कनुपर्ने अवस्था रहेको बताए । उनले बैंकहरुले अहिले उच्च नाफाको लागि लगानी गरिरहेको बताए । उनले बैंकको २ अर्बको पुँजीमा २ करोड कमाउँदा १० प्रतिशत लाभांश बाँड्न पुग्ने भन्दै अहिले २४ अर्बको पुँजी भएकाले २ अर्ब कमाउनको लागि ब्याजदर बढाएर कमाउन लागेको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकले नै बैंकहरुलाई ब्याज बढाउन छुट दिएको आरोप लगाए । उनले बैंकहरुले बढाएको १५ प्रतिशत ब्याज स्वभाविक नभएको भन्दै ब्याजदर वृद्धिको समस्या समाधानको लागि व्यवसायी,बैंक, राष्ट्र बैंक र सरकार मिलेर जानुको विकल्प नभएको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री