शनिबार, १५ वैशाख २०८१

ओलीको आरोप : गठबन्धन सरकारले निर्वाचनमा धाँधलीको तयारी गरिरहेको छ

समयपोष्ट २०७९ असोज ८ गते २०:४९

Advertisement

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भन्नुभयो, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री