बुधबार, २६ वैशाख २०८१

पुनर्बीमा बजार फस्टाउँदै गएको छ

समयपोष्ट २०७९ भदौ २८ गते ९:१२

Advertisement

नेपालमा पुनर्बीमाको अवस्था कस्तो छ ?

नेपालमा पुनर्बीमाको अवस्था कस्तो छ भन्ने सवालमा धेरै तरिकाबाट व्याख्या गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा, पुनर्बीमा बजार बिस्तारै फस्टाउँदै गइरहेको छ । पुनर्बीमाको व्यवस्थाबिना हामी बीमाबजारको कल्पना पनि गर्न सक्दैनौं । जुनसुुकै देशको बीमाबजारको जोखिम हस्तान्तरण गर्ने काम पुनर्बीमा कम्पनीहरुले नै गर्दै आएका छन् । नेपालमा पनि बीमाबजारका सबै जोखिम हस्तान्तरण वि.सं. २०७१ भन्दा अघि विदेशी पुनर्बीमा कम्पनीहरुबाटै हुँदै आएको थियो । नेपाल पुनर्बीमा कम्पनी स्थापना भइसकेपछि केही जेखिम यस कम्पनीबाट हुन थाल्यो भने अधिकांश जोखिम विदेशी कम्पनीहरुबाट हुन थाल्यो । हाल नेपालमा १९ जीवन र १९ निर्जीवन बीमा कम्पनीहरु छन्, ती सबै कम्पनीहरुको जोखिम व्यवस्थापनका लागि नेपालका पुनर्बीमा कम्पनीहरुले मात्रै सम्भव छैन । त्यसैले विदेशी पुनर्बीमा कम्पनीहरुले पनि जोखिम बहन गर्दै आइरहेको अवस्था छ ।

अङ्कगणितमा भन्ने हो भने पुनर्बीमाको हिस्सा जीवनबीमामा अत्यन्तै कम हुन्छ भने निर्जीवन बीमामा औसतमा झण्डै ५० प्रतिशत जति हुन्छ । दुई सालअघिको तथ्याङ्क हेर्दा कुल बीमा शुल्कको २३ प्रतिशत हिस्सा नेपाल पुनर्बीमा कम्पनीले मात्रै ओगटेको थियो ।

बीमा भएको सम्पत्तिको जोखिम तीन बिन्दुमा हस्तान्तरण भएको छ । थोरै अंश बीमितले बहन गरेको हुन्छ, केही अंश बीमा कम्पनीले र केही अंश पुनर्बीमा कम्पनीले बहन गर्दछन् । नेपाली पुनर्बीमा कम्पनीले आफूले बहन गरेको जोखिमको अंशमध्ये केही अंश विदेशी पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । अङ्कगणितमा भन्ने हो भने पुनर्बीमाको हिस्सा जीवनबीमामा अत्यन्तै कम हुन्छ भने निर्जीवन बीमामा औसतमा झण्डै ५० प्रतिशत जति हुन्छ । दुई सालअघिको तथ्याङ्क हेर्दा कुल बीमा शुल्कको २३ प्रतिशत हिस्सा नेपाल पुनर्बीमा कम्पनीले मात्रै ओगटेको थियो ।

Advertisement

दुईवटा मात्र पुनर्बीमाले नेपालका कम्पनीको जोखिम बहन गर्न सक्छन् ?

यसमा कुनै शङ्का छैन । दोस्रो पुनर्बीमा कम्पनी स्थापना हुनुभन्दा पहिला एउटामात्रै पुनर्बीमा कम्पनी ‘नेपाल पुनर्बीमा कम्पनी’ थियो, जसले सात वर्षसम्म एक्लै जोखिम बहन गर्दै आएको थियो । फेरि सतप्रतिशत जोखिम स्वदेशी कम्पनीले मात्रै बहन गर्ने पनि होइन, केही जोखिम विदेशी कम्पनीहरुले पनि बहन गरेका हुन्छन् । यसमा कुनै शङ्का छैन ।

नेपालका बीमा कम्पनीहरु स्वदेशका भन्दा विदेशी कम्पनीहरुमा पुनर्बीमा गर्न आकर्षित हुनुको कारण के हो ?

जोखिम एकै स्थानमा केन्द्रित गर्ने विषय होइन, यसलाई धेरै देशहरुमा विकेन्द्रित गर्नुपर्दछ । हामीकहाँ विदेशी जोखिमलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा छलफल गर्न आवश्यक छ ।

तथ्यले त्यस्तो भन्दैन । स्वदेशी पुनर्बीमा कम्पनीहरुको क्षमता बिस्तारै अभिवृद्धि हुँदै जानुपर्छ । रातारात क्षमता बढ्न सक्दैन । यसका लागि समय लाग्दछ । नेपाली बीमा कम्पनीहरुको विदेशी बीमा कम्पनीहरुसँगको व्यावसायिक सम्बन्ध धेरै वर्ष पुरानो हो । नेपालमा पुनर्बीमा कम्पनी नभएको समय सबै जोखिम विदेशमा नै हस्तान्तरण हुन्थ्यो तर जब नेपालमा नै कम्पनीहरु स्थापना भए, स्वदेशी बीमा कम्पनीहरुले स्वदेशमा नै बीमा गरेका छन् । लामो समयदेखि स्थापित भएको विदेशी पुनर्बीमा कम्पनीहरुसँगको त्यो सम्बन्ध एक्कासि टुट्न सक्दैन किनकि हामीलाई विदेशी पुनर्बीमा कम्पनीहरुको प्राविधिक सहयोग सधैं  आवश्यक भइरहन्छ । स्वदेशी बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीसँगको व्यवसाय बिस्तारै घटाउँदै र स्वदेशी पुनर्बीमा कम्पनीहरुसँगको बढाउँदै लगेका छन् । भविष्यमा निकै ठूलो अंश स्वदेशमा नै धारण हुनेछ । अधिकांश देशहरुमा रिइन्सुरेन्स लोकलाइजेशनलाई बर्जित गरिएको छ । जोखिम एकै स्थानमा केन्द्रित गर्ने विषय होइन, यसलाई धेरै देशहरुमा विकेन्द्रित गर्नुपर्दछ । हामीकहाँ विदेशी जोखिमलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा छलफल गर्न आवश्यक छ ।

नेपालमा पुनर्बीमाका जोखिम के हुन् ?

नेपालमा पुनर्बीमाका अधिकांश जोखिमहरु तीनै हुन्, जुन विश्वका अन्य देशका पुनर्बीमा कम्पनीहरुले भोग्दै आएका छन् । केही सवालहरुमा फरक हुन सक्दछन् तर धेरै विषयहरु मिल्दछन् । पहिलो जोखिम जोखिमाङ्कन हो । बीमा कम्पनीहरुले कसिलो अण्डराइटिङ नीति नलिँदाको अवस्थामा जालसाजीयुक्त दाबीहरु पर्न सक्ने, त्यस्ता दाबीहरु बीमा कम्पनीहरुले भुक्तानी गरी पुनर्बीमा कम्पनीमा पुनः दाबीका लागि प्राप्त भएको अवस्थामा निकै समस्या पर्दछ ।

पर्याप्त मात्रामा जोखिम हस्तान्तरण हुन नसकेको अवस्थामा धेरै दावी भुक्तानीको माग आयो तर कम्पनीमा तरलताको अभाव भयो भने कम्पनीको साख गिर्न सक्दछ । यस्ता धेरै चुनौतीले गर्दा कतिपय पुनर्बीमा कम्पनी रातारात धराशायी भएको इतिहासमा धेरै घटनाहरु छन् ।

लगानी डुब्न सक्ने र लगानीबाट पर्याप्त प्रतिफल प्राप्त हुन नसक्ने जोखिम पनि उत्तिकै हुन्छ । बजारमा हुने तीव्र प्रतिस्पर्धाका कारणले बजार गुम्न सक्ने जोखिम, नीति नियममा हुने परिवर्तनका कारण कम्पनीको आम्दानीमा नकारात्मक असर पर्न सक्ने जोखिम, नियमनकारी निकायले दिने निर्देशनका कारण संस्थामा पर्न जाने नकारात्मक प्रभावको जोखिम पनि छन् । पर्याप्त दक्ष जनशक्तिको अभाव अर्को मुख्य जोखिमको रुपमा बीमा बजारमा देखिएको छ । दक्ष जनशक्तिको अभावका कारण कम्पनीले धेरै नोक्सान भोग्नुपर्ने हुन्छ । विदेशी मुद्राको सटही दरमा आउने उतारचढावका कारण कहिलेकाहीँ कम्पनीलाई धेरै दायित्व व्यहोनुपर्ने हुन्छ । पर्याप्त मात्रामा जोखिम हस्तान्तरण हुन नसकेको अवस्थामा धेरै दावी भुक्तानीको माग आयो तर कम्पनीमा तरलताको अभाव भयो भने कम्पनीको साख गिर्न सक्दछ । यस्ता धेरै चुनौतीले गर्दा कतिपय पुनर्बीमा कम्पनी रातारात धराशायी भएको इतिहासमा धेरै घटनाहरु छन् । त्यसैले निकै होसियारीपूर्वक अघि बढ्नुपर्दछ ।

पुनर्बीमा कम्पनीले स्वदेशी बजारमा मात्रै भरपर्नु हुँदैन, अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति देखाउनु पनि आवश्यक छ, विदेशीबजारमा प्रतिस्पर्धा गर्न पनि आवश्यक छ । तर, विदेशी जोखिम स्वीकार गर्नुअघि राम्रोसंँग विश्लेषण गर्नु आवश्यक छ । समयबोध म्यागेजिनको भदौ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री