शनिबार, १५ वैशाख २०८१

अब बीमाको भविष्य डिजिटाइजेसनमै छ

समयपोष्ट २०७९ भदौ २७ गते ९:५३

Advertisement

सबैभन्दा पहिले हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्ज भएर इतिहास कायम भएको छ । यी दुई कम्पनीको केमेष्ट्री मिल्न कसरी गयो ?

यी कम्पनी करिब एकै समयमा स्थापना भएका हुन् । दुवैको व्यवसायको आकार पनि करिब एउटै थियो । सेयर होल्डिङ ढाँचामा पनि धेरथोर समानता थियो । प्रमोटरहरु धेरै नभएको जो हुनुहुन्छ, उहाँहरुसँग महत्वपूर्ण होल्डिङ भएको अवस्था थियो । कर्मचारी सङ्ख्या, शाखा सङ्ख्या, चुँक्ता पूँजी, व्यवसायको आकार करिब–करिब बराबरजस्तो थियो । पाँच–छ महिनाको फरकमा व्यवसाय सुरु हुनाले समानता धेरै देखियो । अर्को, सबैभन्दा महत्वपूर्ण पक्ष मर्जरमा जाने प्रतिबद्धता दुवै पक्षका मुख्य निर्णयकर्ताहरुका बीचमा देखियो । त्यसले गर्दा धेरै सहज भयो ।

मर्जरमा सीईओको भूमिका पनि महत्वपूर्ण हुन्छ । तपाईंले हिमालयनको नेतृत्व सम्हालेको छोटो समयमै मर्जरमा जान कसरी सम्भव भयो ?

मुख्य लगानीकर्ता अथवा मुख्य निर्णायककर्ताहरुका बीचमा मर्जरको आवश्यकता र औचित्यका बारेमा स्पष्ट हुनुपर्छ । मर्जरले दीर्घकालीनरुपमा दुवै संस्थाको बृहत्तर हित गर्छ, उपयुक्त हुन्छ भन्ने बुझाइ दुवै पक्षका निर्णायककर्ताको हुन जरुरी छ । सीईओले दुवै पक्षकका बीचमा पुलको काम गर्ने हो, केही कुरा अस्पष्ट छन् भने प्रष्ट पारिदिने र सहजकर्ताको भूमिका खेलिदिने हो ।

प्रमुख कार्यकारीको काम सबै तथ्यहरुलाई दुई पक्षको अगाडि राखिदिने हो । छलफल गरेर निक्र्योलमा पुग्ने निर्णायककर्ताहरु नै हो । मेरो काम सहजकर्ताको हो ।

मेरो पृष्ठभूमि पनि एकाउण्टेण्ट भएको हुनाले होला डी.डी.ए. रिपोर्ट अडिट गर्ने, त्यसमा छलफल गर्ने, स्वाप रेसियो तय गर्ने कुरामा अलि बढी सहभागी भएको र निर्णयमा पुग्न सहज भएको हुन सक्छ । तर, प्रमुख कार्यकारीको काम सबै तथ्यहरुलाई दुई पक्षको अगाडि राखिदिने हो । छलफल गरेर निक्र्योलमा पुग्ने निर्णायककर्ताहरु नै हो । मेरो काम सहजकर्ताको हो ।

मर्जरपछि पुँजी बढ्यो, कम्पनी पनि ठूलो भयो । अब यो बढेको पुँजीअनुसार प्रतिफल दिने चुनौती कति छ ?

मर्जर गरेर हामीले के पायौं ? भन्ने प्रश्न खडा हुन्छ । त्यसकारण हिजोका दिनका कमी–कमजोरी हटाउने, दुवै पक्षका राम्रा कुरालाई सँगालेर अघि बढ्ने हाम्रो दायित्व हो । हिजो भएका दोहोरो खर्चहरु घटाउनुपर्छ, जसले गर्दा परिचालनमा दक्षता आउँछ ।

अहिलेको परिस्थितिमा बीमा क्षेत्रमा मात्र होइन, सबै क्षेत्रमा प्रतिफल कसरी दिने भन्ने चुनौती छ । यस्तो चुनौती हिजोका दिनमा पनि थियो र भोलिका दिनमा पनि रहन्छ । कहीँ सत्प्रतिशत दिँदा पनि खुसी नभएको अवस्था छ । कहीँ दसौँ वर्ष साधारणसभा नहुँदा पनि सेयरहोल्डर चुप लागेर बसेको अवस्था छ । त्यसकारण यो निरन्तर भइरहन्छ । मर्जर गर्दाको फाइदा भनेको सम्पत्ति पनि बढ्छ, व्यवसाय पनि बढ्छ । चुक्ता पुँजीसँगै एभरेष्ट इन्स्योरेन्सले हिजोको दिनमा गरेको बिजनेस पनि आयो । बिजनेस आइसकेपछि हिजोको दिनमा जे रिर्टन दिइरहेको थियो, आगामी दिनमा सेयरहोल्डरहरुले त्योभन्दा राम्रो प्रतिफल पाउँछन् । तर, हिजोको भन्दा राम्रो गर्न सकेन भने त्यसले राम्रो सन्देश प्रवाह गर्दैन । मर्जर गरेर हामीले के पायौं ? भन्ने प्रश्न खडा हुन्छ । त्यसकारण हिजोका दिनका कमी–कमजोरी हटाउने, दुवै पक्षका राम्रा कुरालाई सँगालेर अघि बढ्ने हाम्रो दायित्व हो । हिजो भएका दोहोरो खर्चहरु घटाउनुपर्छ, जसले गर्दा परिचालनमा दक्षता आउँछ । उदाहरणका लागि मर्जर भएपछि दुई प्रमुख कार्यकारी अधिकृत, दुई कम्पनी सचिव त हुँदैनन् । दुई शाखा वारिपारि होलान्, त्यसलाई समायोजन गर्न सकियो र पहुँच नभएको ठाउँमा शाखा स्थापना गर्न सकियो भने यसले ऊर्जा ल्याउँछ । त्यही भएर हामीले एक र एक दुई होइन कि एघार बनाउँछौँ भनेर क्याम्पेन सुरु गरेका हांै ।

मर्जरमा महत्वपूर्ण पाटो भनेको जनशक्ति समायोजन पनि हो । फरक–फरक कल्चरबाट आएकालाई एउटै कल्चर दिन कति चुनौती छ र कति समय लाग्छ ?

दुवै संस्थाका राम्रा–नराम्रा सबै कुरा अगाडि राख्ने र त्यसमध्ये जो राम्रो छ त्यसलाई आत्मसात् गर्ने हो । राम्रोलाई आत्मसात् गर्दा कसैको पनि विमति हुँदैन । हामीले कर्मचारीहरुलाई पनि यही सन्देश दिएका छौं ।

यो एउटा निरन्तर प्रक्रिया नै हो । संस्थाको आ–आफ्नै तौरतरिका, संस्कृति हुन्छन् । कर्मचारीहरुले पनि त्यसलाई आत्मसात् गरेका हुन्छन् । त्यो उनीहरुले काम गर्ने तरिकामा देखिन्छ । हाम्रो प्यारामिटर निकै सहज छ । यसले मर्जरमा जान लागेका अन्य संस्थालाई पनि सहयोग गर्छ । दुवै संस्थाका राम्रा–नराम्रा सबै कुरा अगाडि राख्ने र त्यसमध्ये जो राम्रो छ त्यसलाई आत्मसात् गर्ने हो । राम्रोलाई आत्मसात् गर्दा कसैको पनि विमति हुँदैन । हामीले कर्मचारीहरुलाई पनि यही सन्देश दिएका छौं । उहाँहरुको लागि त्यहीअनुसारका तालिम, सेमिनारहरुको आयोजना गरिराखेका छौं । यो मान्यतालाई हामीहरुले बुझाइरहेका छौं । मर्जरको प्रक्रियामा सबैभन्दा ठूलो चुनौती भनेको कर्मचारीहरुको समायोजन नै हो । हाम्रा कर्मचारी नै यस्ता सम्पत्ति हुन्, जसले कुरा बुझ्छन्, राम्रा कुराहरु आत्मसात् गर्न हौसिन्छन् । उनीहरुले नै संस्था चलाउने भएको हुनाले हामीले यो मेरो, यो उसको लिगेसी भन्नुभन्दा पनि जुन राम्रो हो त्यसलाई आत्मसात् गरौं, नराम्रो छोडौं भनेपछि सबैको सहमति छ । हामी यही मान्यतामा अघि बढेका छौं ।

यहाँले बीमा क्षेत्रको राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव सँगाल्नुभएको छ । नेपालमा निर्जीवन बीमा कम्पनी कति भयो भने नेपालको मार्केट धान्छ ?

यससम्बन्धी बीमा समितिले छुट्टै अध्ययन गरिरहेको छ । सङ्ख्याभन्दा पनि कम्पनी कत्तिको व्यावसायिक तरिकाले चल्छ, प्रविधिलाई कत्तिको आत्मसात् गर्छ, पहुँच कसरी अभिवृद्धि गर्ने योजना राखेको छ, जोखिम बहन क्षमता कति छ, आफ्नो भावी योजनाहरु कसरी लगिरहेको छ ? त्यसमा भर पर्छ । कहीँ दुईवटा मात्र बीमा कम्पनी हुँदा पनि देशैभर तिनीहरुले बीमा सुविधा दिएको अवस्था छ । कसैले दुईवटा मात्र शाखा खोलेर सानो भूभागमा सीमित गरेको अवस्था छ । त्यसकारण सङ्ख्याभन्दा पनि उसको क्षमता, योगदानमा भर पर्छ । कुनै पनि कम्पनी देशका कुनाकाप्चामा पुग्न लगानी गर्न कत्तिको तत्पर छ, त्यसले सुरुमै नाफा हेरेको छ कि अलि पछिको नाफा हेरेको छ ? त्यो उसको दृष्टिकोणमा पनि भर पर्छ । त्यसकारण सङ्ख्याभन्दा पनि कम्पनीको क्षमता हेर्नुपर्छ ।

अहिले बीमा क्षेत्रमा देखिएका विभिन्न विकृतिहरु पुँजीवृद्धिपछि हट्ला त ?

हट्नुपर्छ भन्नेमा म आशावादी छु । अहिले संसद्बाट बीमा प्राधिकरण ऐन पारित भएको छ, अब त्यो कार्वान्वयनमा आउँदैछ । त्यसले ठूलो आशा जगाएको छ । अब नियामक निकाय अझ बढी आधुनिक, बजार र बीमितमैत्री हुन्छ । अर्को, बजारमा चलिरहेको गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । आजकै दिनको कानुनले पनि त्यस्ता क्रियाकलापलाई वैधानिक मानेको छैन । हुन सक्छ, हिजोका दिनमा नियामकीय निकायसँग स्रोत–साधन नभएर ती विषयमा छानविन भएनन् होला । तर, भोलिको दिनमा अवस्था त्यस्तो रहँदैन । जसले कानुन मिच्छ, कानुनले दिएको सुविधाभन्दा बाहिर गएर काम गर्छ, त्यसलाई सजाय पनि हुन्छ । अहिलेको बीमा प्राधिकरण ऐनमा त्यो प्रष्टसँग लेखिएको छ । भोलिका दिनमा त्यस्ता काम गर्न हच्किन्छन् होला । यो नयाँ बीमा प्राधिकरण ऐनले जगाएको आशा हो ।

संस्थाहरु ठूला भइसकेपछि कसैले पनि आफ्नो छवि धुमिल बनाउन खोज्दैन । पाँच सय करोड रुपैयाँको कारोबार गर्ने बीमा कम्पनीले बीमाको शक्तिको बारेमा, बीमाले ल्याउने सकारात्मक परिवर्तनका बारेमा नबुझाएर बीमा खरिद गर्न थाल्यो भने निश्चय पनि त्यो कम्पनीको छवि दिगो रहँदैन ।

अर्कोतिर, संस्थाहरु ठूला भइसकेपछि कसैले पनि आफ्नो छवि धुमिल बनाउन खोज्दैन । पाँच सय करोड रुपैयाँको कारोबार गर्ने बीमा कम्पनीले बीमाको शक्तिको बारेमा, बीमाले ल्याउने सकारात्मक परिवर्तनका बारेमा नबुझाएर बीमा खरिद गर्न थाल्यो भने निश्चय पनि त्यो कम्पनीको छवि दिगो रहँदैन । उसलाई नाफाभन्दा बढी नोक्सान हुन जान्छ । त्यसकारण त्यसप्रति सबै सचेत हुनुपर्छ । सचेत छन् र आगामी दिनमा त्यो सचेतता अझ बढी आवश्यक पर्छ । उदाहणका लागि बैङ्कर सङ्घलाई नै हेरौं । यो महिना व्याज नबढाउने भन्यो भने कसैले व्याज बढाउँदैन । पैसाको सप्लाई हेर्ने हो भने बैङ्कमा जुन डिपोजिट आउँछ, त्यसमा व्याज वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ । बैङ्कहरुलाई पनि निक्षेपको आवश्यकता छ तर त्यति हुँदाहुँदै पनि अन्य स्थानमा पर्ने प्रभावलाई मध्यनजर गर्दै व्याज नबढाई होल्ड गरेको अवस्था छ । बीमाको सङ्गठन नेपाल बिमक सङ्घ पनि त्यत्तिकै शक्तिशाली हुनुपर्छ भन्ने मेरोे चहाना हो । बिमक सङ्घको निर्णय सङ्घमा आबद्ध सबैले मान्नुपर्छ, त्यो हुन्छ ।

अहिले अधिकांश कम्पनीहरु काठमाडौँमा केन्द्रित भएको देखिन्छ । अब बीमा समिति आफैं पनि प्रदेश संरचनामा जाँदैछ । अब कम्पनीहरु काठमाडौं बाहिर पनि जालान् त ?

कम्पनीमात्रै बाहिर गएर नहुने विडम्बना छ । आजको दिनमा नेपालको सम्पूर्ण अर्थतन्त्रको ६० प्रतिशतभन्दा बढी निर्णयहरु काठमाडौंबाट गरिन्छ । निर्णय यहाँ हुने अनि वीरगञ्ज, भैरहवा, चितवनमा कम्पनी खोलेर बीमालेख जारी हुने होइन । बीमाको पोलिटिकल क्यापिटलमात्रै होइन, इकोनोमिक क्यापिटल पनि काठमाडौंमै भएको अवस्था छ । नेपालमा यस्ता बीमा कम्पनी पनि छन्, जसको ओरिजिन काठमाडौंमा नभई त्यहीँ हुन सक्छ । उदाहरणका लागि स्थानीय तहमा स्थापना भएका उद्यमहरु, सानातिना होटलहरु, सवारीसाधन, कृषि बीमा गर्नु छ भने कोही पनि काठमाडौं आएर गर्दैन, मोफसलमै खोज्छ । त्यस हिसाबले बीमाहरुले एक तवरले शाखाहरुको बिस्तार गरेका छन् । तर, जति दक्ष, साधन स्रोत र विषयवस्तुको बारेमा जानकारी हुनुपर्ने हो, त्यो कम छ ।

हाम्रो संरचना पनि प्रादेशिक अवधारणामै तयार पारेका छौं । एउटा सुदृढ प्रदेश अफिस होस्, उसले आफू मातहतका कार्यालयहरुलाई मनिटर गरोस् र प्रदेशहरुले त्यसमा रिपोर्ट गरेर आफ्नो अवधारणा बनाऊन् भन्नेतिर अगाडि बढिरहेका छौं ।

देश सङ्घीय संरचनामा गइसकेको हुनाले बीमा समितिले पनि प्रादेशिक कार्यालयहरु स्थापना गरिरहेको छ । अब धेरै बीमा कम्पनीहरुले पनि यही आर्थिक वर्षमा प्रादेशिक कार्यालयहरु खोल्नुहुन्छ भन्ने मलाई लागेको छ । प्रादेशिक कार्यालय स्थापना भइसकेपछि काठमाडौँमा केन्द्रीकृत भएको निर्णय गर्ने अधिकार विकेन्द्रित हुन्छ र एक तहको निर्णय त्यहीँबाट हुन्छ । त्यसमा म सकारात्मक र विश्वस्त छु । हाम्रो संरचना पनि प्रादेशिक अवधारणामै तयार पारेका छौं । एउटा सुदृढ प्रदेश अफिस होस्, उसले आफू मातहतका कार्यालयहरुलाई मनिटर गरोस् र प्रदेशहरुले त्यसमा रिपोर्ट गरेर आफ्नो अवधारणा बनाऊन् भन्नेतिर अगाडि बढिरहेका छौं । मलाई लाग्छ, धेरै कम्पनीहरु त्यही बाटोमा जानेछन् ।

मर्जर भयो, पुँजी पनि बढ्यो । अब कम्पनीलाई पहिचानसहित कसरी अगाडि लैजाँदै हुनुहुन्छ ?

सरल तरिकाले बीमा गर्न पाइयोस्, बीमा गर्नकै लागि राजधानी नै अथवा बीमाको कार्यालयसम्म आउनुपर्ने बाध्यता हटोस् र अहिलेको आधुनिक प्रविधिको प्रयोग गरेर बीमा गर्न पाइयोस् भन्ने ग्राहकको चाहना छ । त्यसलाई मनन गर्दै हाम्रा प्रक्रियाहरुलाई डिजिटाइज गर्नेछौं । हाम्रा सम्भावित ग्राहकहरुलाई डिजिटल प्लेटफर्मको माध्यमबाट बीमा सेवा लिन प्रेरित गर्दैछौं ।

दुईवटा संस्थाहरु एकापसमा मर्ज भइसकेपछि अरु स्टेकहोल्डरहरुले हामीलाई जिज्ञासा राख्नु स्वाभाविक नै हो । त्यसैले हामीले ‘सुरक्षा र साथ अझ बढी विश्वास’ भन्ने नारा लिएर अघि बढिरहेका छौं । बीमाले सुरक्षाको प्रत्याभूति दिने र भवितव्य भएर नोक्सानी भए छिटो दावी भुक्तानी दिएर उसलाई त्यहाँबाट छिटो निस्कन साथ दिने हो । पहिले दुईवटा कम्पनीले यो एक्लै गर्थे भने अब दुई कम्पनी मिलेपछि त्यो विश्वास अझ बढी भयो । यसरी अझ बढी विश्वास भनेर हामीले कम्पनीलाई स्थापित गर्न खोजिरहेका छौं । सरल तरिकाले बीमा गर्न पाइयोस्, बीमा गर्नकै लागि राजधानी नै अथवा बीमाको कार्यालयसम्म आउनुपर्ने बाध्यता हटोस् र अहिलेको आधुनिक प्रविधिको प्रयोग गरेर बीमा गर्न पाइयोस् भन्ने ग्राहकको चाहना छ । त्यसलाई मनन गर्दै हाम्रा प्रक्रियाहरुलाई डिजिटाइज गर्नेछौं । हाम्रा सम्भावित ग्राहकहरुलाई डिजिटल प्लेटफर्मको माध्यमबाट बीमा सेवा लिन प्रेरित गर्दैछौं । उदाहरणका लागि हामीले एनसेलसँग सहकार्य गरिरहेका छौं, जहाँ डाटा सब्सक्राइब गरिसकेपछि बीमा पनि हुन्छ । त्यस्तै, अरुसँग पनि सहकार्यको कुरा भइरहेको छ, जहाँ मोबाइलको माध्यमबाट अरु सेवाका साथै बीमा पनि खरिद गर्न पाइयो । यस्तै, एयरलाइन्सको टिकट धेरै अनलाइनमै बुकिङ हुने हुँदा त्यो पनि एउटा विकल्प हुन सक्छ । त्यसो हुँदा कार्यालय आउन र कुर्न परेन । अब बीमाको भविष्य डिजिटाइजेसन मै छ । बीमालाई डिजिटाइज गर्ने बीमा लेख बेच्ने समयमा मात्र होइन, दाबी परेको बेला पनि हो । क्षति भएको बेला पनि प्रविधिको माध्यमबाट त्यसको विवरण कार्यालयमा पठाउने, कार्यालयले त्यसको मूल्याङ्कन गरेर क्षतिको रकम डिजिटल्ली उपलब्ध गराउने व्यवस्था हुनुपर्छ भन्नेमा हामी लागिरहेका छौं । समयबोध म्यागेजिनको भदौ अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री