शनिबार, ५ जेठ २०८१

डिशहोममा एक वर्षको रिचार्ज गर्दा अधिकारीले जिते नगद एक लाख

समयपोष्ट २०७९ भदौ २३ गते १७:३४

Advertisement

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख जित्न सफल भएका छन् ।

उक्त नगद बुधबार एक कार्यक्रमकाबिच डिशहोमका क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले हस्तान्तरण गर्नु भएको छ ।

हस्तान्तरण कार्यक्रममा गल्याङ वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फवाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीति रहेको थियो ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

Advertisement

डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा प्रसारण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री