बुधबार, २६ वैशाख २०८१

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच कृषि कर्जा सुरक्षण सम्झौता

समयपोष्ट २०७९ भदौ २३ गते १६:५५

Advertisement

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी सन्तोष कोइरालातथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौता पश्चात बैंकद्धारा लगानी हुने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गरिनेछ ।

यस अघि, बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार “ सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि ” अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत रु. ७ लाखसम्म, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय ब्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका रु. १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका रु. १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री