डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु

कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

Advertisement

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुको संक्रमणबाट मृत्यु भएको हो।

उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।

मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार मात्रै डेंगीका कारण मृत्यु भएको खुलेको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री