मंगलबार, २५ वैशाख २०८१

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न ६ विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०७८ असोज १३ गते १६:००

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकमा निर्मित ६ वटा विद्यालय भवनको समुद्धघाटन गरिएको छ ।

बुधबार भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग, तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माद्धारा उक्त विद्यालय भवनको संयूक्त रुपमा समुद्धघाटन गरिएको हो ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयहरु कूल नेरु. १९.७ करोड लागतमा निर्माण भएको हो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक), बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप आजाद माध्यमिक विद्यालय (बनेपा), भगवती माध्यमिक विद्यालय (पाँचखाल), आजाद माध्यमिक विद्यालय (पाँचखाल), दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), शारदा माध्यमिक विद्यालय (पनौती) र खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण संपन्न गरिएको हो ।

Advertisement

उक्त भवन निर्माण भएसंगै २००० भन्दा बढी विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउनेछन्। नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो ।

यी विद्यालयहरु पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन्। यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा श्रीवास्तवले यी ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताउनुभयो । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको छ।

सोही दिन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । नेरु. ७ं.५ करोडमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५००० मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्नेछ ।

नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरु, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना/प्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री