शुक्रबार, १६ चैत २०८०

ओली र विद्यालाई भेटेर रोए पनि लागेन काम, आखिर एमाले नेताकी श्रीमतीलाई महेश बस्नेतको भाइले भगाएरै छाडे

समयपोष्ट २०७८ असोज १० गते १२:३५

Advertisement

नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाइले सिन्दुर लगाइ दिएका छन् । साेमबार अपरान्ह महेशले सामाजिक सञ्जालमा भाइ र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए ।

तर,८ सय १८ कमेण्ट र ३ सेयर भएपछि उनले सामाजिक सञ्जालबाट उक्त पोष्ट हटाइदिए । महेशले पोष्ट हटाएपछि सबैले थप आशंका गरेका हुन् । परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजुभाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन् ।

उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा रहेको युथफोर्स स्रोतले बताएको छ । कान्छी ल्याएपछि परशुरामले जेठीलाई हेलाँ गरेका थिए । अहिले कान्छीले छाडेपछि त्यही हेलाँ गरेकी जेठीसँगै बस्न थालेका छन् ।

यता महेश बस्नेत खलकका एक भाइले पनि उनलाई कान्छी श्रीमती बनाएपछि भक्तपुरकी जेठीको हालत पनि पातलो बनेको आफन्तहरु बताउँछन् । आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो । महेश र परशुरामबीचको कटुता र तिक्ततापूर्ण सम्बन्धलाई कतिपयले तिनै कान्छीको विषयसँग जोड्ने गरेका थिए ।

एमाले उच्च स्रोतका अनुसार उनले एक पल्ट शीतल निवासमा र पटक पटक बालुवाटारमा गएर बिलौना नै गरेका थिए । शीतल निवासमा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष परशुरामले भक्तपुरका बस्नेतले आफ्नो घरबार बिगारिदिएको भन्दै घ्वाँ घ्वाँ रोएको सुन्नेहरुले नै जनआस्थालाई बताएका छन् ।जनआस्थाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री