शुक्रबार, १४ वैशाख २०८१

अन्ततः प्रत्यारोपण केन्द्रबाट हटाइयो डा. ज्ञवालीलाई

समयपोष्ट २०७८ असोज १ गते २०:०७

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक पदबाट डा.प्रेमराज ज्ञवालीलाई हटाइएको छ ।

भदौ २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार डा. ज्ञवालीलाई प्रत्यारोपण केन्द्रको निर्देशकबाट हटाएर शिक्षण अस्पताल महाराजगञ्ज फिर्ता बोलाइएको हो ।

डा. ज्ञवाली सुरुबाट नै विवादित थिए । डेढ वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियम नै मिचेर केन्द्रबाट डाक्टर पुकारचन्द्र श्रेष्ठलाई हटाएर चार वर्षका लागि डा. ज्ञवालीलाई निर्देशक नियुक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीकालमा यसरी अस्तव्यस्त भयो अङ्ग प्रत्यारोपण क्षेत्र

प्रतिक्रिया

सम्बन्धित सामाग्री