शुक्रबार, १६ चैत २०८०

गिरीलाई धितोपत्र बोर्डको कार्यकारी निर्देशकको जिम्मा

समयपोष्ट २०७८ भदौ २९ गते १६:३९

Advertisement

नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको जिम्मा निरज गिरीले पाएका छन् । अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।

मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् । बोर्डका अध्यक्ष हटेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नै नेतृत्वको जिम्मेवारी दिने व्यवस्थाअनुरुप मन्त्रालयले गिरीलाई जिम्मेवारी दिएका हुन् ।

सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि त्यससम्बन्धी छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री