सोमबार, २४ वैशाख २०८१

घरको पुजाकोठामा यस्ता सामान राख्नुभएको छ, तुरुन्त हटाउँनुहोस्

समयपोष्ट २०७८ भदौ १७ गते १७:४२

Advertisement

कुनै पनि घर वा कार्यालयको लागि पूजा कोठा वा पूजा गर्ने स्थान एउटा महत्वपूर्ण पक्ष हो । किनकी यो ध्यान र शान्तिको ठाउँ हो । घरको कुनै पनि क्षेत्रमा पुजा कोठालाई राम्रो मानिन्छ, तर वास्तु अनुसार व्यवस्थापन गरिएको छ भने पूजा गर्दा थप उर्जा प्राप्त हुन्छ । पूजा कोठाको लागि वास्तुशास्त्र अनुसार व्यवस्थापन गर्दा, घरको वातावरणमा सकारात्मक उर्जा वृद्धि हुने गर्दछ ।

पुजाकोठा घरको उत्तर-पुर्वको बिच भाग (ईशान) कोणमा बनाउन उचित हुन्छ । यसको अलावा उत्तर पश्चिममा पनि शुभ नै मानिन्छ ।

पुजाकोठामा बिर्सिएर पनि नराख्नुहोस् यस्ता सामान

-पुजाकोठाको नजिक फोहोर, कुचो आदि कदापि राख्नु हुदैन ।

Advertisement

-पुजाकोठामा प्राचिन मन्दिर बाट ल्याएको प्रतिमा राख्नु हुदैन ।

-बहुमुल्य सामान वा धन-सम्पति कदापि लुकाउनु हुदैन ।

-सदासर्वदा पवित्र र सफा राख्नु अनिवार्य छ ।

-पुजाकोठामा सुत्नु हुदैन। यदी परिस्थितिवश यस्तो गर्नु परेमा पर्दा लगाएर मात्र सुत्न सकिन्छ । केबल स्थान अभावका लागि मात्र । त्यसमा पनि विवाहितलाई वर्जित छ ।

-पुजाकोठाको रङ्ग हल्का पहेलो हुनुपर्छ । पुजाकोठामा प्रयोग गरिने कुचो, पुछ्ने कपडा अन्यत्र सफा गर्ने सामान भन्दा अलग्गै राख्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री