बिहीबार, १३ वैशाख २०८१

सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को अगाडि मनमोहन थप्ने निर्णय

समयपोष्ट २०७३ असोज १३ गते ९:१२


काठमाडौं । सरकारले विवादास्पद मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । 

Advertisement

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संसदमा विचाराधिन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको हो।

साथै न्याम्सको नाम परिर्वतन गर्ने निर्णयलाई अनुमोदन पनि गरेको छ ।

नाम परिर्वतन गर्ने सरकारको  निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नामका अगाडि मनमोहन थपिने भएको हो ।

डा.गोविन्द केसीसँग भएको सहमति अनुसार स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेको थियो ।

अब न्याम्सको ऐन संशोधनका लागि संसदमा विधेयक लैजानेछ । सहमाति कार्यान्वयनको माग गर्दै डा.केसी नवौं अनसनमा छन् ।

केसीको आठौं अनसनका क्रममा सरकारले विधयेक फिर्ता लिने र मनमोहन अस्पताललाई न्याम्सले किन्ने समझदारी गरेको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री