बिहीबार, १५ चैत २०८०

नेपाल टेलिकमले मध्यपहाडी  मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने अप्टिकल फाइबर विछ्याउने

समयपोष्ट २०७३ असोज १२ गते ९:३१

काठमाडौँ – नेपाल टेलिकमले मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्ने जिम्मेवारी पाएको छ । 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँग बुधवार भएको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।

Advertisement

प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब रु ४.८८ अर्ब लाग्ने अनुमान छ ।

दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमिटर दूरीमा उच्च क्षमताको ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री