शुक्रबार, १४ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैंक बन्यो ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक

समयपोष्ट २०७३ असोज ११ गते १६:१६

गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरे बमोजिम नेपाल इन्भेष्टमेन्ट बैंक त्यो पुँजी पुर्याउन सफल भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमध्ये ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने पहिलो बैंक बनेको छ । बैंकको मंगलबार सम्पन्न ३०औं वाषिर्क साधारणसभाले २० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ  ।
साधारणसभाले बोनस सेयरका साथै २१ प्रतिशत नगद लाभांसको प्रस्ताब पनि पारित गरेको छ । बैंकको कुल पुँजी कोष १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठलाई साधारण सेयरधनीहरू तर्फबाट सञ्चालक समितिमा चयन गरेको छ ।

Advertisement

यस्तै विनोदकुमार गुरागाईँलाई विगतको राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै सञ्चालक चयन गरिएको छ । गत आर्थिक वर्षमा इन्भेष्टमेण्ट बैंकले अघिल्लो वर्षको तुलनामा ३०.०२ प्रतिशतले बढाएर खुद नाफा २ अर्ब ५५ करोड रुपैयाँ कमाएको थियो । सो अवभिमा बैंकको निक्षेप १९.८६ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ६३ करोड र कर्जा लगानी २८.५४ प्रतिशतले बढेर ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । बैंकले प्रवाह गरेको कुल कर्जामा खराब बर्जाको मात्रा ०.६८ प्रतिशत मात्रै छ । यस्तो खराबकर्जा जति कम भयो त्यति राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री