शुक्रबार, १४ वैशाख २०८१

फ्रि भिसा फ्रि टिकट भन्दै रकम लिनेलाई कारवाही गर्ने मन्त्रीको चेतावनी

समयपोष्ट २०७३ असोज १० गते १०:३६

 

Advertisement

१० असोज, काठमाडौं । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फ्रि भिसा फ्रि टिकटको नाममा रकम लिएको थाहा पाए कारवाही गर्ने  चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा  बोल्दै  फ्रि भिसा, फ्रि टिकट भन्दै मोटो रकम असुल्नेलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी दिएका हुन् । 

कार्यक्रममा श्रममन्त्री गुरुङले म्यानपावर व्यावसायमा देखिएको विकृति हटाउन , सो क्षेत्रलाई सुधार गर्दै  सक्षम बनाउन नयाँ कार्यक्रम ल्याउँन लागेको समेत बताए ।

त्यस्तै मन्त्री गुरुङले अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउन लागेको समेत जानकारी दिए ।

उनले यसबारे आगामी मन्त्रि परिषदबाट निर्णय लिने सम्भावना रहेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री