शुक्रबार, १४ वैशाख २०८१

‘द ब्रिटिश कलेजको दोस्रो दीक्षान्त सम्पन्न

समयपोष्ट २०७३ असोज ९ गते ४:१३

बेलायतका दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेको द ब्रिटिश कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बिहीबार काठमाडौंको हयात होटलमा कलेजका १३८ विद्यार्थी दीक्षित भएका छन् । बेलायतको युनिभर्सिटी अफ दि बेस्ट अफ इंग्ल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धनमा सन् २०११ देखि ब्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

Advertisement

दीक्षान्त समारोहमा लिड्स वेकेट युनिभर्सिटीको पाठ्यक्रम बीएससी अनर्स कम्प्युटिङ अध्ययन गरेका ८६ जना र युनिभर्सिटी अफ दी बेस्ट अफ इंग्गल्याण्डको पाठ्यक्रममा बीबीए अध्ययन गरेका ५२ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथिको रूपमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौं अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु थिए । त्यसैगरी, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रतिनिधि प्रोफेसर लेस्ले अर्लीले बीएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए ।

बेलायतको युनिभर्सिटी अफ दी वेस्ट अफ इंग्गल्याण्डका प्रतिनिधि तथा एसोसिएट डिन डा. फियानो जोर्डनले द ब्रिटिश कलेजबाट बीबीए पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेकी थिइन् । दीक्षान्त समारोहमा सबै विद्यार्थीका अभिभावकको उपस्थिति थियो । 

कार्यक्रमका प्रमुख अतिथि जोन एडवर्ड हलिस्टर मोन्टागुले द ब्रिटिश कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको विकासमा प्रशस्त योगदान गर्न सक्ने भन्दै विद्यार्थीको हौसला बढाएका थिए ।कार्यक्रममा बेलायती दूतावासका उपप्रमुख काथरिन स्मिटनले गरिबी निवारणको लागि शिक्षा महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरुले हासिल गरेको ज्ञानले नेपालको अशिक्षा र गरिबि घटाउन सहयोग मिल्ने बताए । 

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बधाइ दिँदै नेपालमै बेलायतको गुणस्तरीय शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपाली व्यावसायिक क्षेत्रलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सहयोग गर्न सक्ने बताए । 

द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले दीक्षित भएका विद्यार्थीलाई बधाइ दिँदै थप सफलताको कामना गरे । दीक्षित भएका विद्यार्थी कलेजका सञ्चार संवाहक भएको भन्दै उनले सिकेको सीप र ज्ञान कार्यक्षेत्रमा उपयोग गरेर विद्यार्थीहरुले नेपालको विकासमा योगदान पु¥याउने आशा गरेको बताए । 

दीक्षान्तमा कलेजका प्रधानाध्यापक डा. माइकल जे बार्नस्, सल्लाहकार तथा भुटानका लागि बेलायती राजदूत माइकल रटल्याण्ड, शिक्षाविद् चिरन थापा, बेलायतका शिक्षाविद् एवं व्यवसायी पउल क्लिभलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री