शनिबार, १५ वैशाख २०८१

दसैं–तिहारमा ‘मन खोलौं कोकसँग’

समयपोष्ट २०७३ असोज ७ गते ५:२२

 कोकाकोलाले उपभोक्तालाई आफ्ना भावनाहरू साट्न उत्साहित गर्न भन्दै ‘मन खोलौं कोकसँग’ भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ ।कोकाकोलाले जीवनका १५ वटा सम्बन्ध दर्शाउने गरी १५ वटा सन्देशसहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ । यी सम्बन्धहरू नियमित लोगोको स्थानमा राखिएका छन् । 

Advertisement

कोकाकोला नेपालका देशीय निर्देशक अलोक कोहलीले कोकाकोला आफ्ना उपभोक्ताहरूलाई साथीहरू तथा परिवारसँग जोडिन सहयोग गर्न चाहेको बताए । सन्देश प्याक सार्वजनिक गर्न, अन्य सेलिब्रेटीहरूले उनीहरूका प्रियजनहरूलाई सन्देशसहितको प्याकहरू उपहार प्रदान गरेका थिए ।

बोटलर्स नेपाल लिमिटेडका निर्देशक पुनित भार्सनेले कोकाकोलाको बोतलहरूमा एकै समयमा विभिन्न १५ वटा फरक सम्बन्धहरू सार्वजनिक गरेको जुन उपभोक्ताहरूलाई व्यक्तिगत रूपमा आफ्नो परिवार र साथीहरूसँग जोड्ने माध्यम हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री