शुक्रबार, ७ वैशाख २०८१

भारतका लागि प्रस्तावित राजदूत उपाध्यायविरुद्ध  इमेलमार्फत तीन उजुरी

समयपोष्ट २०७३ असोज ५ गते ८:१६


काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध इमेलमार्फत तीन वटा उजुरी परेका छन् । 

Advertisement

संसदीय सुनुर्वाइ विशेष समितिले उजुरीका लागि दश दिनको समय दिएको थियो । सो  अवधिमा उपाध्यायविरुद्ध तीन वटा उजुरी परेका हुन् । 

प्राप्त उजुरीमा अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः राजदूत नियुक्त गर्न नहुने र राजदूतका लागि उपाध्याय योग्य नरहेको उल्लेख गरिएको विशेष समितिले जनाएको छ । 

भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नाकाबन्दी हटाउनका लागि राजदूतका रुपमा उपाध्यायले प्रभावकारी भूमिका खेल्न नसकेको बरु उल्टै सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप  उजुरीमा लगाइएको छ । 

 चीनका लागि प्रस्तावित राजदूत लिलामणि पौडेलको विरुद्ध भने कुनै पनि उजुरी परेको छैन । 

 त्यस्तै, न्यायपरिषद सदस्यका लागि भने  रामप्रसाद सिटौलालाई प्रस्तावित गरिएको छ ।

सिटौला नेपाल बार एशोसियशनका तर्फबाट न्याय परिषद्को सदस्यमा सिफारिस भएका हुन् । 

संसदीय सुनुवाई विशेष समितिको बुधबारको बैठकले सिटौला विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 
उजुरीका लागि १० दिनको समय दिइनेछ ।
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री