शुक्रबार, १४ वैशाख २०८१

जुन च्याट बाहिरीएको थियो त्यस वाट्सएप ग्रुपको दिपिका आफै एडमिन रहेको खुलासा

समयपोष्ट २०७७ असोज १० गते ९:२६

Advertisement

बलिउड अभिनेत्री दीपिका पादुकोनले जुन वाट्एप ग्रुपमा ह्यासिस र माल छ भन्ने लाइन लेखेकी थिइन् त्यो २०१७ मै बनाईएको थियो ।

स्रोतका अनुसार केही महिना पहिले मात्र उक्त ग्रुप डिलिट गरिएको छ । जहाँ कयौ चर्चित बलिउड कलाकार र उनका म्यानेजर जोडिएका छन् । ड्रग्स मामलामा दीपिकासंग जोडिएर कयौँ नयाँ खुलासा हुँन थालेका छन् ।

हाल उक्त ग्रुपको एडमिननै दीपिका भएको पुष्टि भएको छ । दीपिकाका अलावा रिया चक्रवर्तिकी म्यानेजर जया साह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाश समेत उक्त ग्रपको एडमिन रहेको खुलेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री