आइतबार, २३ वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्बको ऋणपत्र बिक्री गर्ने

समयपोष्ट २०७७ असोज ८ गते १४:०३

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी २४ लाख इकाई सङ्घसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ ।

बैङ्कले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री