शनिबार, ८ वैशाख २०८१

उर्मिलालाई कंगनाले ‘सफ्ट पोर्न स्टार’ भनेपछि….

समयपोष्ट २०७७ असोज ३ गते २०:०९

Advertisement

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि बलिउडका अधिकांश कलाकार उर्मिलाको पक्षमा उभिएका छन् ।

एक समाचार च्यानलसँग अन्तरवार्ता दिने क्रममा कंगनाले उर्मिला मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभएको भन्दै उनलाई सफ्ट पोर्न स्टार भनिन् ।

त्यसको जवाफमा उर्मिलाले कंगनालाई ड्रग्सको विषयमा लड्नु छ भने पहिले आफ्नै राज्य हिमाञ्चलबाट लड्नुपर्ने बताईन् ।
उनले कंगनाले बलिउड इन्डष्ट्रिमा ड्रग्स लिनेको नाम लिए थम्स अप दिने पहिलो महिला हुने समेत बताईन् ।

इन्डिया टुडेसँगको कुराकानीमा उर्मिलाले भनिन्, ‘के तिमीले लगातार म पीडित हुँ, पीडित हुँ भनेर भिक्टिम कार्ड खेलिरहनु पर्छ ? तिमीले यो निश्चित गर्नुपर्छ । यदि कंगनालाई यी सबै कुरा थाहा थियो कि उनी किन चुप बसिन् ? अगाडि आएर किन बोलिनन् ?’

उर्मिला थप्छिन्, ‘तिमीसँग आज जे छ नि, नाम– दाम, यी सबका लागि तिमीले मुम्बई र फिल्म इन्डष्ट्रिलाई धन्यवाद भन्नुपर्छ । तिमीले पहिले नै यस्ता विषय किन उठान गरिनौ ? पछिल्लो केही महिनादेखि मात्रै तिमीले यी सबै किन बोलिरहेकी छौ ? समय निकै उदेक लाग्दो लागिरहेको छ । परिस्थिती पनि अचम्मको लागिरहेको छ ।’

उनले थपेकी छिन्, ‘यदि कोही चिच्याइरहेको छ भने ती व्यक्तिले वास्तविकता नै बोलिरहेको छ भन्ने हुँदैन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री