कामना सेवा विकास बैंक “के एस बि बि एल सोसल मिडिया बैंकिंग प्लाटफर्म ”को शुभारम्भ

कामना सेवा विकास बैंकले नवीनतम् प्रविधिमा आधारित “के एस बि बि एल सोसल मिडिया बैंकिंग प्लाटफर्म ”को शुभारम्भ गरेको छ ।

Advertisement

शुक्रबार बैंकका अध्यक्ष सुदिप आचार्यले फेसबुक लाईभमार्फत उक्त प्लाटफर्मको शुभारम्भ गरेका हुन् ।

यससंगै उक्त प्लाटफर्ममार्फत बैंकका ग्राहक महानुभावहरुले घरमै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, के वाई सि अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने छन् ।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकहरुले बैंकले प्रदान गरेको क्यु आर कोड स्क्यान गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने बैंकले जनाएको छ ।

कोभिड-१९ को महामारीकोबीच सोसल मिडिया बैंकिंग सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री