बिहीबार, २० वैशाख २०८१

सरकारले ४० हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै पोखरा विश्वबिद्यालयका विद्यार्थीले सिडियोमार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

समयपोष्ट २०७७ भदौ २४ गते १४:४०

Advertisement

सुजन खनाल

अर्घाखाँचीका बिद्यार्थीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार पोखरा विश्वबिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बिद्यार्थीले करीब एक बर्ष हुँनै लाग्दा समेत विश्वविद्यालयको उपकुलपति नियुक्त हुँन नसक्दा शैक्षिक,प्रशासनिक र आर्थिक अन्योलता बढेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

Advertisement

ज्ञापनपत्रमा पोखरा विश्वविद्यालय वि.सं. २०७६ साल असोजबाट उपकुलपति बिहिन हुँदा विश्वविद्यालय रिक्त रहेका रजिष्टार,परीक्षा नियन्त्रक,बिभिन्न संकायका डिन,बिभिन्न बिभागका कार्यकारी निर्देशकका पदहरु समेत रिक्त्त रहेको उल्लेख छ । रिक्त पदहरुमा समयमै पदपूर्ती नहुँदा विश्वविद्यालयमा शैक्षिक,प्रशासनिक र आर्थिक अन्योलता बढेको विश्वविद्यालय धरासायी बन्दै गएको उल्लेख छ ।

सरकारले समयसमै पदपुर्ति नगरेर उक्त विश्वविद्यालयमा अध्ययनरत झण्डै ४० हजार बिद्यार्थीको भविष्य अन्धकार बनाउन खोजेको ज्ञापनपत्रमा भनिएको छ । साथै छिटो भन्दा छिटो यिरक्त पदपुर्तिको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री