शुक्रबार, १४ वैशाख २०८१

टुबोर्ग स्ट्रोङ बियरको नयाँ स्वरुप सार्वजनिक

समयपोष्ट २०७३ असोज २ गते ३:४७

गोर्खा ब्रुअरीले टुबोर्ग स्ट्रोङ नयाँ स्वरुपमा सार्बजनिक गरेको छ। बुटवलको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट र गते नेपालगंजको सिद्धार्थ कटेजमा भब्य कार्यक्रमका बीच उहीँ स्वादको टुबोर्ग स्ट्रोङ बियर नयाँ आकर्षक बोतल र पुलऑफ क्यापमा सार्बजनिक गरिएको हो।  समारोहमा गोर्खा ब्रुअरीका ट्रेड पार्टनर्सहरु, अधिकृत बिक्रेता तथा संचारकर्मीहरुको उपस्तिथि रहेको थियो।  गोर्खा ब्रुअरीले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुवोर्ग नेपालमा भित्र्याएको थियो।

Advertisement

विश्वप्यापी रुपमा सन्  १८८० देखि उपभोक्ताहरुले यसको स्वाद लिन थालेका हुन्। २००२ मा टुवोर्ग स्ट्रोङ्ग नेपाली बजारमा भित्रिएको गोर्खा ब्रुअरीले जनाएको छ। 

टुबोर्गकोे नाम र लेबललाई ध्यानमा राखी बोतलमा ढल्किएको नयाँ लोगो समेत थपिएको छ। नयाँ स्वरुपको बोतलमा टुबोर्ग स्टोङ्ग लोगोको साथ ब्रान्डिङ्ग गरिएको छ । मार्केटिङ निर्देशक बैभब शर्माका अनुसार टुबोर्ग स्ट्रोङ्गको बोतलले उपभोक्ताको आफ्नो प्याकेजिङ्गमार्फत मन जित्नेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री