शुक्रबार, १४ वैशाख २०८१

नबिल र इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर सहित नगद लाभांश दिने 

समयपोष्ट २०७३ भदौ ३१ गते ५:४२

 

Advertisement

काठमाडौ । निजी क्षेत्रका नबिल र इन्भेष्टमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर सहित नगद लाभांश दिने भएका छन् ।

नबिल बैंकले कुल ४५ प्रतिशत लाभांसमा ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद घोषणा गरेको छ  । 

यस्तै इन्भेष्टमेन्ट बैंकले  कुल ४१ प्रतिशत लाभांसमा आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद दिने भएको छ। 

 सो बैंकको पुँजी वृद्धि योजनामा चालु आर्थिक वर्षको मुनाफाबाट ५.४ प्रतिशत बोनस सेयर जारी गर्ने उल्लेख छ।अघिल्लो आर्थिक वर्ष २०७१र०७२ को चौथो त्रैमासमा बैंकले १ अर्ब ९६ करोडरुपैयाँ नाफा कमाएको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा भने बैंकले नाफामा उल्लेख्य वृद्धि गर्दै २ अर्ब ५९ करोड कायम गरेको छ।  इन्भेष्टमेन्ट बैंकले   राष्ट्र बैंकलाई यसअघि बुझाएको पुँजी बृद्धि योजनामा भने गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर जारी गर्ने उल्लेख गरिएको थियो ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री