शुक्रबार, ७ वैशाख २०८१

बलिउड स्टार दिपिका फिल्म  ‘ पद्मावती ’ को तयारीमा  

समयपोष्ट २०७३ भदौ ३० गते ८:१३


संजय लीला भंसाली द्धारा निर्देशित हुने फिल्म ‘ पद्मावती ’ को सुटिंग अझै सुरु भएको छैन । तर फिल्मबारे केही रोचक कुराहरु बाहिर आएका छन्  । यस फिल्मको प्रमुख भुमिकामा बलिउड स्टार दिपिका पादुकोण रहने छिन् भने उनको पतिको भुमिकामा शाहिद कपूरलाई देख्न पाइने छ ।

Advertisement

रणवीर सिंहको पनि फिल्म पद्मावती महत्वपुर्ण भुमिकामा रहने बताइएको छ । एक अंग्रजी अखबारका अनुसार फिल्मको सेट महबूब स्टूडियो मा हुनेछ भने यसको सुरुवात एउटा गितबाट गरिनेछ ।

दिपिका अहिले यही फिल्मको गित तयारी गर्नमा ब्यस्त छिन् । यस गितमा दिपिका राजस्थानि डांस स्टाइल ‘घुम्मर’ गरेको दर्शकले देख्न पाउने छन् । यो गितको लागि राजस्थानी डान्सरर्सहरुलाई बोलाइने छ ।

उनै राजस्थानी डान्सर्सहरुले दिपिकालाई प्रसिक्षण दिनेछन् । महबूब स्टूडियोमा सेट लगभग तयार भइसकेको छ । 
फिल्मको अर्को सेट गोरेगांव फिल्म सिटीमा पनि लगाइएको बताइएको छ । ‘बाजीराव मस्तानीमा ’ जस्तै यस फिल्ममा पनि भब्य सेट देख्न पाइने छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री