शुक्रबार, १४ वैशाख २०८१

टाटा मोर्टस्को ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ अभियान सुरु

समयपोष्ट २०७३ भदौ २६ गते ३:१५

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले  ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ अभियान धापाखेल र सानेपास्थित जेम्स स्कुलको प्राङ्गणबाट आधिकारीक रुपमा सुरु भएको छ। टेस्ट ड्राइभ अभियानको पहिलो दिन तोकिएको स्थानमा टाटाका कार टियागो, बोल्ट तथा जेस्ट प्रदर्शन गरिएको थियो। 

Advertisement

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व बोध गर्दै टाटा मोटर्स्ले उक्त विद्यालयमा गरिएको हरेक टेस्ट ड्राइभ बापत् ५ सय रुपैयाँ विद्यालयलाई प्रदान गर्ने र संकलित रकम सामाजिक कार्यका लागि उपयोग गरिने कम्पनीले जनाएको छ। संकलित रकम विपन्न बालबालिकाको शिक्षाको लागि कसरी उपयोग गर्ने भन्ने योजना पनि बनिसकेको कम्पनीले जानकारी दिएको छ। पहिलो चरणमा १० दिनसम्म संचालन हुने उक्त अभियानमा सम्पूर्ण सहभागीले तोकिएको स्थानमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म टाटा कार टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन् र बाँकी कार्यक्रम त्यसपछिको आउँदा सातामा अन्य विभिन्न स्कुलमा संचालन हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री