बिहीबार, १३ वैशाख २०८१

रेडन कलेजका सस्थापक बुद्धिप्रसाद पुडासैनीको निधन, शोक मनाउन मंगलबार देशभरका उच्च मावि विदा

समयपोष्ट २०७३ भदौ १९ गते ९:५४

उच्च माध्यमिक विद्यालय संघ हिसानका पूर्व सचिव तथा रेडन कलेजका संस्थापक बुद्धिप्रसाद पुडासैनीको निधन भएको छ ।  पिसाव नलीमा क्यान्सर भएपछि उपचारको क्रममा  आईतबार विहान  ग्राण्डि अस्पतालमा निधन भएको हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । गत पुसमा भारतमा उपचार गराएर फर्केका पुडासैनीको रोग दुई महिना अघि बल्झेर फेरी भारतमै उपचार भएको थियो । उपचार पछि गत बुधबार उनलाई नेपाल फर्काईएको थियो । पुडासैनीका तीन छोरी र श्रीमती छन् ।
उनको निधनमा शोक मनाउन मंगलबार देशभरका उच्च मावि विदा गर्ने हिसानले निर्णय गरेको छ । विहान आकस्मिक रुपमा बसेको हिसानको बैठकले शोक प्रस्ताव पारित गर्दै विदा गर्ने निर्णय गरेको  हिसानका अध्यक्ष सिलवालले बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री