शुक्रबार, ७ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको एकिकृत कारोवार सुरु , भगर्नरले भने ‘जनताको पैसा चलाएका कारण तपाईहरु प्रति हाम्रो निगरानी विशेष हुन्छ ’

समयपोष्ट २०७३ भदौ १९ गते ९:३२

मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड एकआपसमा गाभिएर राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंक भएको छ । आइतवारबाट एकिकृत कारोबार शुरु गरेको बैकको पुँजी ११५ करोड रुपैयाँ पुगेको छ ।
एकिकृत कारोबारको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका भगर्नर डा चिरञ्जिबी नेपालले बैंकिङ क्षेत्र देश सुहाउँदो भन्ने नहुने बताए । ‘वित्तीय क्षेत्र भनेको अन्तर्राष्ट्रिय स्तरको हुन्छ । देश सुहाउँदो भन्ने हुँदैन,’ उनले भने ।  

Advertisement

वित्तीय क्षेत्र जति फराकिलो,सरल र पारदर्शी हुन्छ उति सक्षम हुँदै जानुपर्ने उनको तर्क थियो । उनले अहिलेको बैंकिङमा मैले यो कुरा जानेको छैन भन्ने नै नहुने बताउँदै ग्लोबललाइजेसनका बेलामा सबै कुरा थाहापाउनु पर्ने बताए । ‘यसैका लागि यसपालीबाट अनिवार्य रुपमा कर्मचारीको तालिव तथा बृत्ति विकासमा लगानी गर्न व्यवस्था गरिएको छु’ उनले भने । 
उनले नयाँ ऐन आएपछि राष्ट बैक शक्तिशाली भइसकेको र  अब खारेजी अधिकार राष्ट्र बैंकसँग भएको बताए । ‘सचेत भएर लगानी गर्नुस् ’  उनले भने ‘जनताको पैसा चलाएका कारण तपाईहरु प्रति हाम्रो निगरानी विशेष हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री